फाइल तस्बिर
काठमाडौं- सिन्धुपाल्चोकमा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान साढे आठ बजे चौतारा सागाँचोकगढी नगरपालिका-१२ खहरे केराबारीछापस्थित निर्माणाधिन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा बा.२ क ६६१८ नम्बरको जेसीबी दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए।
जसीबी माटो भासिन गई सडकबाट करिब एक सय मिटर तल खस्दा सहचालक महोत्तरी बर्दिबास न.पा- ६ बस्ने वर्ष १८ का रोहित आले मगरको घटनास्थलमै मृत्यु भएको छ भने बाँके राप्तीसोनारी गापा- ४ का वर्ष २२ का चालक प्रकाश चौधरीको अवस्था सामान्य रहेको छ। चालकलाई नियन्त्रणमा लिएर घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।