काठमाडौं– नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ। बैंकले रिक्त रहेका सहायक प्रबन्धक तथा सहायक तहका लागि आवेदन माग गरी विज्ञापन खुलाएको हो। बैंकले केन्द्रीय कार्यालय र प्रदेशगत कार्यालयका लागि आवेदन मागेको हो।
लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेको स्थानमा आवेदन मागेको हो।
इच्छुक र योग्य नागरिकले फागुन २० गतेदेखि चैत १० गतेसम्म अनलाइनमार्फत आवेदन दिनसक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।