• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आजदेखि बस्दै संवैधानिक इजलास, ४ सयभन्दा धेरै मुद्दा सुनुवाइमा जाने

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २०, २०७८  ०६:५०
1140x725

काठमाडौं– लामो समयपछि आज (शुक्रबार) सर्वोच्च अदालतको संवैधानिक इजलास बस्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि न्यायिक विचलनको आरोप लगाउँदै सर्वोच्च अदालतका न्यायाधीशहरुले उनले तोकेको पेसी बहिस्कार गरेपछि बस्न नसकेको संवैधानिक इजलास शुक्रबारदेखि तोकिने भएको हो। 

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार शुक्रबारदेखि संवैधानिक इजलासमा पेसी तोकिने र सुनुवाइ हुनेछ। कात्तिक ८ गतेदेखि सुरु भएको आन्दोलनका कारण रोकिएको सुनुवाइ ४ महिनापछि हुन थालेको हो। अन्तिमपटक संवैधानिक इजलासले केपी शर्मा ओलीले गरेको ५२ संवैधानिक निकायको नियुक्तिविरुद्धको रिटमा  लिखित जवाफ माग गर्ने आदेश गरेको थियो। 

केपी शर्मा ओली सरकारले गरेको विघटन बदर गरेपछि संवैधानिक इजलास धेरै विवादित भएको थियो भने प्रधानन्यायाधीश राणा पनि एकपछि अर्को विवादमा परेका थिए।  चौतर्फी विरोध र विवादपछि मंसिर २ गते सर्वोच्चको फुलकोर्टले मंसिर १५ गतेदेखि गोला प्रथाद्वारा पेसी तोकेर सुनुवाइ गर्ने निर्णय ग¥यो। यो निर्णयसँगै सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणासँग इजलास सेयर नगर्ने निर्णय गरे। 

यसपछि संवैधानिक इजलास बस्ने सम्भावना समाप्त भयो। फागुन १ गते सत्तारुढ दलहरुले राणाविरुद्ध महाभियोग दर्ता गरेपछि उनी निलम्बन भए। सर्वोच्चको नेतृत्वमा (कामु प्रधानन्यायाधीश) वरिष्ठ न्यायाधीश दीपककुमार कार्की आए। उनले कामु प्रधानन्यायाधीशको जिम्मेवारी लिएपछि पहिलोपटक संवैधानिक इजलासको नेतृत्व गर्न लागेका हुन्।  

कमु प्रधानन्यायाधीश कार्कीले संवैधानिक इजलासमा पेसी तोक्न मुद्दा फाँटमा निर्देशन दिएसँगै संवैधानिक प्रश्नसँग जोडिएका ४ सयभन्दा धेरै मुद्दा सुनुवाइमा जानेछन्। 

क्यासिनोको रोयल्टी विवाददेखि सभामुख अग्नि सापकोटाको मुद्दा समेत अलपत्र छ। संघीय र प्रदेश, प्रदेश र प्रदेश तथा प्रदेश र स्थानीय तहबीच अधिकारको विषयमा र संवैधानिक व्याख्याको विषयमा फैसला गर्न संवैधानिक इजलास गठन भएको थियो।

नेपालको संविधानको धारा १३७ को उपधारा (१) मा सो इजलासमा प्रधानन्यायाधीश र न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका अन्य ४ न्यायाधीश हुने उल्लेख छ। 

प्रधानन्यायाधीशसहित ५ न्यायाधीश हुने संवैधानिक इजलासमा एक न्यायाधीश मात्र अनुपस्थित भएमा उक्त इजलासले विवादको सुनुवाइ गर्न नसक्ने भएपछि रोकिँदै आएको थियो। संवैधानिक इजलासमा सभामुख सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान हुनुपर्ने माग गर्दै काभ्रेकी पूर्णिमाया लामाले दायर गरेको मुद्दा अन्तिम फैसला पर्खेर बसेको छ। 

nimb
nimb

त्यस्तै, राष्ट्रिय सभाका सांसद वामदेव गौतमविरुद्ध दायर भएको मुद्दा पनि सुनुवाइको पर्खाइमा  छ। २०७७  मंसिर ३० र त्यसपछि  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्बाट  विभिन्न संवैधानिक निकायमा गरेका ५२ जनाको नियुक्ति विवाद पनि संवैधानिक इजलासमा विचाराधीन छ। 

त्यस्तै, २०७४ सालमा भएको निर्वाचन विवाद सम्बन्धी मुद्दाहरु पनि संवैधानिक इजलसामा विचाराधीन छन्। प्रतिनिधि सभा र प्रदेश सभाको अर्को निर्वाचन आउने समय भइसक्दा समेत उक्त मुद्दामा फैसला हुन सकेको छैन।

के हो संवैधानिक इजलास?
संसद् र सरकारले नागरिकलाई संविधानले प्रदत्त गरेको अधिकारबाट बञ्चित गर्नेगरी कानुन निर्माण गर्नसक्ने भएकाले त्यसलाई हेर्न इजलास गठन गरिएको थियो। नागरिकका संवैधानिक अधिकार संरक्षण गर्नुका साथै संसद् र सरकारले बनाएका कानुन बदर गर्न सर्वोच्च अदालतमा छुट्टै इजालास नयाँ संविधानमा राखिएको हो।

यस्तै मुद्दाको सुनुवाइ गर्न संवैधानिक इजलास गठन गरिएको हो। संवैधानिक इजलासले संघ, प्रदेश र स्थानीय तहबीचको अधिकार क्षेत्रको विवाद, निर्वाचन विवाद र तीन तहका विधायकको योग्यताको विवादसमेत हेर्नेछ। साथै, सर्वोच्चमै विचाराधीन कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएमा त्यस्ता मुद्दासमेत संवैधानिक इजलासले किनारा लगाउनेछ।

संविधानको धारा १३७ बमोजिम गठन भएको संवैधानिक इजालासमा प्रधानन्यायाधीशसहित सर्वोच्चका अन्य ४ जना वरिष्ठ न्यायाधीश गरी ५ सदस्यीय इजलास हुन्छ। दक्षिण कोरिया, ब्राजिल लगायतका मुलुकमा छुट्टै संवैधानिक अदालत हुने भए पनि नेपालको संविधानले भने संवैधानिक इजलासको मात्रै व्यवस्था गरेको छ। यसले संविधानविपरीत र संविधानसँग बाझिएका ऐननियमका व्यवस्था बदर गर्ने गर्छ। दलहरुले संवैधानिक अदालत नै राख्न चाहे पनि उक्त कार्य असम्भव भएको थियो।

को को छन् संवैधानिक इजलासमा?
संवैधानिक इजलासमा प्रधानन्यायाधीशबाहेक १० न्यायाधीश छन्। संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश कार्की , न्यायाधीशहरु केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, ईश्वर खतिवडा, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउन, सपना प्रधान मल्ल, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान रहेका  छन्। निलम्वित प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासका लागि १४ जना न्यायाधीशको रोष्टर निर्माण गरेका थिए।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  ०६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चीनको ठूलो सहयोग : ५० टन राहत सामग्रीसहित ४ सुरुङ उद्धार विशेषज्ञ काठमाडौंमा
सरकारलाई गगनको सन्देश : ‘विपद्मा साथ दिन्छौँ, कमजोरीमा खबरदारी गर्छौँ’
एकैदिन तोलामा साढे ९ हजारले घट्यो सुन
सम्बन्धित सामग्री
सरकारलाई गगनको सन्देश : ‘विपद्मा साथ दिन्छौँ, कमजोरीमा खबरदारी गर्छौँ’ उद्धार, राहत तथा पुनस्र्थापनामा देखिएका कमजोरीप्रति खबरदारी गर्ने कांग्रेसको दायित्वसमेत रहेको स्पष्ट पारे। विपद्का बेला सरकारको आलो... आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) पार्टी सचिवालय प्रमुख सगुन सुन्दर लावतीद्वारा जारी विज्ञप्तिअनुसार समितिमा १२८ जना केन्द्रीय सदस्य र दुई जना आमन्त्रित केन्द्रीय सदस... आइतबार, भदौ १४, २०८३
सरकारको ध्यान फोटो खिच्ने र ‘स्ट्यण्डबाजी’ गर्नेमा मात्र गयो : ढुङ्गेल नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले सरकार रसुवा र नुवाकोटका बाढी पीडितको उद्धार र राहतमा भन्दा पनि प्रचारमा केन्द्रित रहेको आ... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
चीनको ठूलो सहयोग : ५० टन राहत सामग्रीसहित ४ सुरुङ उद्धार विशेषज्ञ काठमाडौंमा आइतबार, भदौ १४, २०८३
सरकारलाई गगनको सन्देश : ‘विपद्मा साथ दिन्छौँ, कमजोरीमा खबरदारी गर्छौँ’ आइतबार, भदौ १४, २०८३
एकैदिन तोलामा साढे ९ हजारले घट्यो सुन आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारसँगै क्षति व्यवस्थापनको तयारी, हेलिकप्टरबाट ‘स्पेशल फोर्स’ परिचालन गरिँदै आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
सीमाक्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर, दोस्रो ताल पनि फेला आइतबार, भदौ १४, २०८३
त्रिशूलीको बाढीले धादिङको गल्छीमा चार घर बगायो आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्