काठमाडौं– ९ वर्षीया बालिकामाथि जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा ललितपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–२ शंखुका २८ वर्षीय सन्तमान थोकर छन्।
थोकरले ९ वर्षीया एक बालिकालाई ललाइ फकाइ आफ्नै घरमा बलात्कार गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
पीडित बालिकाका परिवारले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोञ्ज्योसोमको टोलीले बिहीबार पक्राउ गरेको हो।
पक्राउ परेका थोकरविरुद्ध जबरजस्ती करणीको कसूरमा जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका थोकर अहिले महानगरीय प्रहरी वृत्त चापागाउँको हिरासतमा रहेका प्रहरी परिसर ललितपुर, जावलाखेलले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।