काठमाडौं- सन् २०२२ को दुई महिनामा ३६ हजार सात सय ४१ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डका अनुसार जनवरी र फेब्रुअरीमा विभिन्न देशबाट ३६ हजार सात सय ४१ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन्।
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सबैभन्दा बढी ७ हजार ९ सय १४ जना भारतीय पर्यटक नेपाल भित्रिएका छन्। चीनले पर्यटकलाई विदेश भ्रमणमा जान खुला नगरेका कारण ५ सय ५६ जना मात्र पर्यटक नेपाल भित्रिएको उनले बताए।
उनका अनुसार अमेरिकाबाट ६ हजार ८ सय १३, बेलायतबाट ४ हजार ४१ र अस्ट्रेलियाबाट २ हजार २ सय ६५ जना पर्यटक नेपाल भित्रिएका छन्।
जनवरीमा १६ हजार ९ सय ७५ जना पर्यटक भित्रिएका थिए। त्यसैगरी, फेब्रुअरीमा १९ हजार ७ सय ६६ जना पर्यटक भित्रिएका हुन्। अघिल्लो वर्ष सोही महिनामा ९ हजार १ सय ४६ जना पर्यटक नेपाल भित्रिएका थिए।
उनका अनुसार अघिल्लो वर्षको फेब्रुअरीको तुलनामा यस वर्षको फेब्रुअरीमा ११६.१ प्रतिशले पर्यटकको संख्या वृद्धि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।