काठमाडौं– रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ४ः द फाइनल म्याच’को प्रदर्शन मिति सरेको छ।
सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते घोषणा गरेकाले सोही फिल्मलाई प्रभाव पार्ने भन्दै फिल्मको निर्माण पक्षले प्रदर्शन मिति सार्ने निधो गरेको हो।
यसअघि फिल्म वैशाख २३ मा प्रदर्शन हुने घोषणा भएको थियो। तर, अब भने फिल्म जेठ १३ गते प्रदर्शन हुने भएको छ। निर्वाचनलाई कारण देखाउँदै फिल्मको प्रदर्शन सारिएको छ।
‘कबड्डी ४ः द फाइनल म्याच’मा अभिनेता दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराललगायतका कलाकारको अभिनय रहेको छ।
फिल्मका निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको संयुक्त लेखनमा बनेको फिल्मलाई विशाल गुरुङ, सुष्मा गुरुङ, मनिराम पोखरेल, मधु मिजार, ओम चन्द रौनियारलगायतको लगानी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।