काठमाडौं– हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्यत्र सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम बदली तथा वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
आज (बिहीबार) दिउँसो सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ।
पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको छ। सुदुरपश्चिम प्रदेशका केही र बाकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
आज राति देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।