काठमाडौं– करिब १६ लाख जापनिज यानसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा स्याङ्जाको मिर्मी गाउँपालिका–६ पालिचौरका ४८ वर्षीय रेस्मराज भट्टराई छन्। उनी मंगलबार दिउँसो १ बजे सिंगापुर एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट सिंगापुर हुँदै जापान लागेका थिए।
भट्टराईले बोकेको कालो रंगको हाते झोला एक्स–रे मेसिनमा जाँच गर्दा १५ लाख ९० हजार यान फेला परेको हो। बिनाअनुमति अवैध रुपमा जापानी यान बाहिर मुलुक लैजान लागेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका भट्टराईलाई कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।