काठमाडौं- बलात्कारको आरोप लागेका नेकपा (एमाले)का नेता तथा मुगुका प्रतिनिधि सभा सदस्य मोहन बानियाँलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
बुधबार जिल्ला अदालत बाँकेले सांसद् बानियाँलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो।
प्रहरीले सोमबार उनलाई बाँकेस्थित राँझा विमानस्थलबाट पक्राउ गरेको थियो।
बाँके प्रहरीमा एक महिलाले बानियाँविरूद्ध जबरजस्ती करणी मुद्दामा जाहेरी दिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।