धनगढी– बुधबारदेखि धनगढीबाट पोखराको सिधा उडान सुरु भएको छ। निजी क्षेत्रको वायुसेवा बुद्ध एयरले पर्यटकीय नगरी पोखरासँग धनगढीको सिधा हवाई सम्बन्ध जोडेको हो।
पोखराबाट धनगढी आइपुगेको बुद्ध एयरका पाइलट र यात्रुहरूलाई प्रदेश सरकारका आर्थिक मालिमामन्त्री तारा लामा तामाङ, कैलाली उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, होटल ब्यबसायी संघ कैलालीका अध्यक्ष कलम बम, नाटा सुदुरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्ट लगायतले धनगढी बिमानस्थमा स्वागत गरे।
बुद्ध एयर धनगढीका स्टेशन प्रमुख बुधराम चौधरीले आइतबार, बुधबार र शुक्रबार धनगढी–पोखरा गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।