काठमाडौं- सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवासँग प्रचण्ड र नेपालले छुट्टा छुट्टै भेटवार्ता गरेका हुन्।
फागुन १५ गते प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि प्रधानमन्त्रीसँग सत्ता साझेदार दुई दलका अध्यक्षले भेटवार्ता गरेका हुन्।
‘एमसीसी अनुमोदन पछिको राजनीतिक अवस्था लगायतका विषयमा नै दुवै नेताहरुले कुराकानी गर्नुभएको हो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो। एमसीसी अनुमोदन भएपछि सत्ता गठबन्धन दलहरुले पत्रकार सम्मेलन गर्दै यस बारे प्रष्ट पारेका थिए।
पार्टीभित्र मतभेद कायमै रहेको अवस्थामा फागुन १५ गते व्याख्यात्मक घोषणासहित गठबन्धनमा रहेका दलहरु एमसीसी संसद्बाट अनुमोदन गर्न सहमत भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।