काठमाडौं– शिवरात्रिको दिन १० लाखभन्दा बढीले पशुपतिनाथको दशृन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोरोनाको कारण अघिल्ला दुई वर्ष शिवरात्रिमा पशुपतिनाथ मन्दिर बन्द रहेकाले पनि यो वर्ष दर्शनार्थीको चाप बढेको कोषको दाबी छ।
कोषले यस वर्षको शिवरात्रिमा भक्तजन भीड लाग्ने अनुमान गरेर त्यसैअनुसार तयारी गरेको थियो। दर्शनार्थीको सुरक्षाका लागि पशुपति क्षेत्रमा करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो।
यसैबीच, दर्शनार्थीको चाप बढेर मंगलबार राति आर्यघाट छेउको पुलको पर्खाल भत्किएको छ। दक्षिणतर्फ रहेको पुलको उत्तरतिरको भाग भत्किँदा दुई जना घाइते भएका थिए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।