काठमाडौं- भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न ८ पदमा २० जनाका लागि रोजगारीको अवसर खुला गरेको छ।
केन्द्रले रजिष्ट्रार सहित, मेडिकल अधिकृत, स्टाफ नर्स, मेडिकल ल्याब टेक्निसियन, रेडियोग्राफर, एनेस्थेसिया असिस्टेन्ट लगायतका पदहरुमा दरखास्त आह्वान गरेको हो।
केन्द्रले सबैभन्दा बढी स्टाफ नर्सका लागि दरखास्त माग गरेको छ। यी सबै पदमा केन्द्रले करारमा पदपूर्ति गर्न लागेको हो। केन्द्रले योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिन भित्र दरखास्त दिन भनेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।