फाइल तस्बिर
काठमाडौं– आज प्रतिनिधि सभाको बेठक बस्दै छ। आइतबार एमसीसी सम्झौता अनुमोदन गरेर सकिएको बैठक आज पुनः बस्न लागेको हो।
संसद सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची सार्वजिनक गरिसकेको छ। संघीय संसदका महासचिव डा. भरतराज गौतमले मंगलबारै आजको बैठकको कार्यसूची सार्वजनिक गरेका हुन्।
बुधबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगका वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको छ। आजको बैठकको दोस्रो कार्यसूचीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले दुई वटा प्रस्ताव पेश गर्नेछन्।
मन्त्री आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस’ भन्ने प्रस्ताव र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।