काठमाडौं– हाल देशका प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही अन्यत्र सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम बदली तथा वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
आज (बुधबार) दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली रहने र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
देशका पहाडी भू–भागको केही स्थानमा मेघगर्जन÷चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति प्रदेश १, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदलीरहने र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।
प्रदेश १, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागको एक वा दुई स्थानमा मेघगर्जन÷चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।