झापा- मेचीनगर नगरपालिकाले भारतसँगको ३२ किलोमिटर अन्तर्राष्ट्रिय सीमा अनुगमन गरेको छ। नगरको पूर्वी सीमा क्षेत्रको अनुगमनका क्रममा ७३ वटा सीमास्तम्भ हराएको पाइएको नगरप्रमुख विमल आचार्यले बताए।
मेचीनगरको वडा नं १, ४, ५, ६, ७ र १५ भारतसँग जोडिएको छ। सीमा क्षेत्रको लम्बाइ ३२ किलोमिटर रहेको छ। सिमानामा मेची नदी रहेको छ। सो क्षेत्रमा नेपाल र भारतलाई छुट्याउने २२१ वटा सीमास्तम्भ स्थापना गरिएका थिए। अनुगमन गर्दा १४८ स्तम्भ मात्र फेला परेको नगरप्रमुख आचार्यले जानकारी दिए।
नगरपालिकाले सोमबार जनप्रतिनिधि, सशस्त्र प्रहरी र सञ्चारकर्मीसहितको टोली लिएर भारतसँगको सीमा अनुगमन गरेको थियो। सीमा क्षेत्रको वर्तमान अवस्था र हराएका सीमास्तम्भका बारेमा नेपाल सरकारलाई जानकारी गराइने उनले बताए।
मेची नदीमा आएको बाढी वा अरु के कारणले सीमास्तम्भ हराएका हुन् भनेर नेपाल सरकारले नै खोजी गर्नुपर्ने स्थानीय जनप्रतिनिधि बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।