• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

पार्टीभित्रको मतभेदप्रति प्रचण्ड सहिष्णु देखिनु भएन: गिरिराजमणि पोखरेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, फागुन १७, २०७८  २१:१६
1140x725

अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदान सम्झौता व्याख्यात्मक घोषणासहित प्रतिनिधि सभाबाट अनुमोदन भएपछि सत्तारुढ नेकपा (माओवादी केन्द्र)भित्र असन्तुष्टि चुलिएको छ। नेता नारायणकाजी श्रेष्ठ र उनीनिकट नेताहरुले सार्वजनिक रुपमै यसको विरोध गरेका छन्।

सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रेष्ठको नाम नलिई पार्टी छोडेर गएपनि हुन्छ भन्ने आसयको अभिव्यक्ति दिए। यसले माओवादीभित्रको विवादमा झन् बल पुर्‍यायो। मंगलबार प्रचण्ड, श्रेष्ठलाई भेट्न उनको निवास पुगेपनि संवाद ‘सौहार्दपूर्ण’ हुन सकेन। श्रेष्ठ पक्षले माओवादी विभाजन गरेर नयाँ पार्टी बनाउने तयारी थालेको विषय चर्चा हुन थालेको छ। माओवादीभित्रको विवाद र असन्तुष्टिका विषयमा श्रेष्ठनिकट नेता, पूर्वमन्त्री गिरिराजमणि पोखरेलसँग नेपाल लाइभका लागि वीरेन्द्र ओलीले गरेको कुराकानी :

एमसीसी अनुमोदन र तपाईंको पार्टीका अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिपछि तपाईंहरु नयाँ पार्टी बनाउन थाल्नु भएको हो?
पहिलो कुरा हामी त्यो दिशामा छैनौं। प्रतिगमन विरुद्धको आन्दोलनमा संघर्ष गरेर अगाडि बढिरहेको पृष्ठभूमिमा पाँच दलीय मोर्चा हुँदै यहाँसम्म आइपुगेका छौं। संयुक्त सरकार बन्दा पनि न्यूनतम साझा कार्यक्रम बनाउँदा एमसीसी पारित गर्ने विषय थिएन। हाम्रो पार्टीको महाधिवेशनले एमसीसी यथास्थितिमा पारित नगर्ने निर्णय गरेको थियो। त्यो पृष्ठभूमिमा एमसीसी पास गर्ने खालको कुरा आएपछि आफ्नो विवेकले विपक्षमा गएका हौं। राष्ट्रियता र लोकतान्त्रिक आन्दोलन एक अर्कासँग गाँसिएका हुन्छन्। 

Ncell 2
Ncell 2

अहिले आएको विषय राष्ट्रियताको सवालमा रणनीतिक नै लागेको छ। त्यसैले पार्टीले ह्वीप जारी गर्नुपर्ने विषय नै थिएन। त्यसैले आफ्नो कुरा सार्वभौम अभ्यास हुने संसदमा राखेको हो। त्यो खुलै कुरा छ। पार्टीमा पनि सिनियर लिडरहरुको टोलीले यो बारेमा संसदबाट उधारो खालको व्याख्यात्मक घोषणा गरेर पारित गर्ने कुरामा विमति नै राख्नुभएको थियो। नारायणकाजी कमरेडले एमसीसी पारियोजनाको विपक्षमा सार्वजनिक रुपमा नै बोल्नु भएको थियो। अध्यक्ष प्रचण्ड कमरेडले भनेका विषयका सन्दर्भमा पार्टीको २० गते बैठक छ। पार्टीको बैठकमा आफ्नो कुरा राख्ने भन्ने हुन्छ। प्रचण्ड कमरेड मतभेदप्रति त्यति सहिष्णु देखिनु भएन भन्ने लाग्छ। अहिले यत्ति मात्रै भन्छु।

अध्यक्षले नारायणकाजी श्रेष्ठलाई पार्टी छोडेर गएपनि हुन्छ भन्ने आशयको अभिव्यक्ति दिनु भयो। यस्तो अवस्थामा सँगै बस्न सकिन्छ?
अहिले सबै कमरेडहरुले आफूलाई लागेका कुरा, आफ्ना विवेकका कुरा गरिरहनु भएको छ। यी कुराहरु सामूहिक ढंगले छलफल गरेर भनिएका होइनन्। कतिपयले पार्टी छोड्छु भन्नु भएको छ। पार्टीमा थुप्रै प्रकारका विषयहरु उठेका छन्। त्यसलाई कसरी ग्रहण गर्ने महत्त्वपूर्ण विषय हो। यस्तो अप्ठ्यारो बेलामा लिडरसिपले भिन्न मतप्रति रुखो प्रस्तुति दिनुभयो। अरु विषयमा पनि बोल्नु भएको छ। यो समीक्षाको विषय हो।

पार्टीभित्रको विवाद २० गतेको बैठकमा सुनुवाइ नभए नयाँ ढंगले सोच्नुपर्छ भनिरहनु भएको छ। त्यो भनेको चाहिँ के हो?
कमरेड प्रचण्ड बदलिँदा अरुलाई बदल्न र रुपान्तरण गर्न सकिन्छ भन्ने लगातार भनिरहिएको छ। हाम्रो पार्टीको आठौं महाधिवेशनमा अध्यक्षले थुप्रै विषय राख्नु भएको छ। उहाँले आफ्नो कार्यशैली विगतमा पनि खुलस्त नभएको कुरा राख्नुभएको छ। अहिले उहाँ महाधिवेशनमा व्यक्त भएको विषयमा जानु भयो कि भएन भन्ने प्रश्न उठि नै हाल्छ।

यो पनि पढ्नुहोस्

माओवादी केन्द्र विभाजनको संकेत : नारायणकाजीले सुरु गरे परामर्श मंगलबार, फागुन १७, २०७८

यो पार्टी प्रचण्ड कमरेडको मात्रै हो भने उहाँले कसलाई राख्ने, कसलाई जाउँ भन्ने एउटा कुरा भयो। यो कम्युनिस्ट पार्टी हो, सामूहिक ढंगले अगाडि बढ्ने हो। यो पार्टीलाई क्रान्तिकारी र देशभक्त पार्टी बनाउने हो भने यसरी हुँदैन। उहाँले महाधिवेशनपछि जुन ढंगले निर्णय गर्नु भएको छ, त्यसमा उहाँले नै आत्मसमीक्षा गर्नु पर्ने विषय हो जस्तो लाग्छ।

यो विवाद अब सामान्य रुपमा हल हुन्छ भन्ने विश्वास छ?
अरु सामान्य घटना जस्तो विषय होइन। यो राष्ट्रियतासँग जोडिएको विषय हो। दुई शक्तिशाली मुलुकको बीचमा छौं। पञ्चशील र असंलग्न नीति छ। सित्तैमा अनुदानै भएपनि लिनुहुन्छ कि हुँदैन अर्को प्रश्न छ। यस्तो भूराजनीति जोडिएको देशमा यो विषय सामान्य होइन। यो सामान्य हो भन्ने ढंगले बुझ्नु हुँदैन। 

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  २१:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महिला टी–२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित
कांग्रेस सांसद बलदेवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय सभा बैठक
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको पेसी माघ ६ गतेको लागि तोकियो आइतबार, माघ ४, २०८२
देउवा पक्षको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेलाई तोकियो पेसी आइतबार, माघ ४, २०८२
राष्ट्रिय सभाका तीन सांसदले दिए राजीनामा आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बानेश्वरमा, टिकट बाँड्न बनायो संसदीय बोर्ड शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्