• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

पार्टीभित्रको मतभेदप्रति प्रचण्ड सहिष्णु देखिनु भएन: गिरिराजमणि पोखरेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, फागुन १७, २०७८  २१:१६
1140x725

अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदान सम्झौता व्याख्यात्मक घोषणासहित प्रतिनिधि सभाबाट अनुमोदन भएपछि सत्तारुढ नेकपा (माओवादी केन्द्र)भित्र असन्तुष्टि चुलिएको छ। नेता नारायणकाजी श्रेष्ठ र उनीनिकट नेताहरुले सार्वजनिक रुपमै यसको विरोध गरेका छन्।

सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रेष्ठको नाम नलिई पार्टी छोडेर गएपनि हुन्छ भन्ने आसयको अभिव्यक्ति दिए। यसले माओवादीभित्रको विवादमा झन् बल पुर्‍यायो। मंगलबार प्रचण्ड, श्रेष्ठलाई भेट्न उनको निवास पुगेपनि संवाद ‘सौहार्दपूर्ण’ हुन सकेन। श्रेष्ठ पक्षले माओवादी विभाजन गरेर नयाँ पार्टी बनाउने तयारी थालेको विषय चर्चा हुन थालेको छ। माओवादीभित्रको विवाद र असन्तुष्टिका विषयमा श्रेष्ठनिकट नेता, पूर्वमन्त्री गिरिराजमणि पोखरेलसँग नेपाल लाइभका लागि वीरेन्द्र ओलीले गरेको कुराकानी :

एमसीसी अनुमोदन र तपाईंको पार्टीका अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिपछि तपाईंहरु नयाँ पार्टी बनाउन थाल्नु भएको हो?
पहिलो कुरा हामी त्यो दिशामा छैनौं। प्रतिगमन विरुद्धको आन्दोलनमा संघर्ष गरेर अगाडि बढिरहेको पृष्ठभूमिमा पाँच दलीय मोर्चा हुँदै यहाँसम्म आइपुगेका छौं। संयुक्त सरकार बन्दा पनि न्यूनतम साझा कार्यक्रम बनाउँदा एमसीसी पारित गर्ने विषय थिएन। हाम्रो पार्टीको महाधिवेशनले एमसीसी यथास्थितिमा पारित नगर्ने निर्णय गरेको थियो। त्यो पृष्ठभूमिमा एमसीसी पास गर्ने खालको कुरा आएपछि आफ्नो विवेकले विपक्षमा गएका हौं। राष्ट्रियता र लोकतान्त्रिक आन्दोलन एक अर्कासँग गाँसिएका हुन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले आएको विषय राष्ट्रियताको सवालमा रणनीतिक नै लागेको छ। त्यसैले पार्टीले ह्वीप जारी गर्नुपर्ने विषय नै थिएन। त्यसैले आफ्नो कुरा सार्वभौम अभ्यास हुने संसदमा राखेको हो। त्यो खुलै कुरा छ। पार्टीमा पनि सिनियर लिडरहरुको टोलीले यो बारेमा संसदबाट उधारो खालको व्याख्यात्मक घोषणा गरेर पारित गर्ने कुरामा विमति नै राख्नुभएको थियो। नारायणकाजी कमरेडले एमसीसी पारियोजनाको विपक्षमा सार्वजनिक रुपमा नै बोल्नु भएको थियो। अध्यक्ष प्रचण्ड कमरेडले भनेका विषयका सन्दर्भमा पार्टीको २० गते बैठक छ। पार्टीको बैठकमा आफ्नो कुरा राख्ने भन्ने हुन्छ। प्रचण्ड कमरेड मतभेदप्रति त्यति सहिष्णु देखिनु भएन भन्ने लाग्छ। अहिले यत्ति मात्रै भन्छु।

अध्यक्षले नारायणकाजी श्रेष्ठलाई पार्टी छोडेर गएपनि हुन्छ भन्ने आशयको अभिव्यक्ति दिनु भयो। यस्तो अवस्थामा सँगै बस्न सकिन्छ?
अहिले सबै कमरेडहरुले आफूलाई लागेका कुरा, आफ्ना विवेकका कुरा गरिरहनु भएको छ। यी कुराहरु सामूहिक ढंगले छलफल गरेर भनिएका होइनन्। कतिपयले पार्टी छोड्छु भन्नु भएको छ। पार्टीमा थुप्रै प्रकारका विषयहरु उठेका छन्। त्यसलाई कसरी ग्रहण गर्ने महत्त्वपूर्ण विषय हो। यस्तो अप्ठ्यारो बेलामा लिडरसिपले भिन्न मतप्रति रुखो प्रस्तुति दिनुभयो। अरु विषयमा पनि बोल्नु भएको छ। यो समीक्षाको विषय हो।

Xtrem
Xtrem

पार्टीभित्रको विवाद २० गतेको बैठकमा सुनुवाइ नभए नयाँ ढंगले सोच्नुपर्छ भनिरहनु भएको छ। त्यो भनेको चाहिँ के हो?
कमरेड प्रचण्ड बदलिँदा अरुलाई बदल्न र रुपान्तरण गर्न सकिन्छ भन्ने लगातार भनिरहिएको छ। हाम्रो पार्टीको आठौं महाधिवेशनमा अध्यक्षले थुप्रै विषय राख्नु भएको छ। उहाँले आफ्नो कार्यशैली विगतमा पनि खुलस्त नभएको कुरा राख्नुभएको छ। अहिले उहाँ महाधिवेशनमा व्यक्त भएको विषयमा जानु भयो कि भएन भन्ने प्रश्न उठि नै हाल्छ।

यो पनि पढ्नुहोस्

माओवादी केन्द्र विभाजनको संकेत : नारायणकाजीले सुरु गरे परामर्श मंगलबार, फागुन १७, २०७८

यो पार्टी प्रचण्ड कमरेडको मात्रै हो भने उहाँले कसलाई राख्ने, कसलाई जाउँ भन्ने एउटा कुरा भयो। यो कम्युनिस्ट पार्टी हो, सामूहिक ढंगले अगाडि बढ्ने हो। यो पार्टीलाई क्रान्तिकारी र देशभक्त पार्टी बनाउने हो भने यसरी हुँदैन। उहाँले महाधिवेशनपछि जुन ढंगले निर्णय गर्नु भएको छ, त्यसमा उहाँले नै आत्मसमीक्षा गर्नु पर्ने विषय हो जस्तो लाग्छ।

यो विवाद अब सामान्य रुपमा हल हुन्छ भन्ने विश्वास छ?
अरु सामान्य घटना जस्तो विषय होइन। यो राष्ट्रियतासँग जोडिएको विषय हो। दुई शक्तिशाली मुलुकको बीचमा छौं। पञ्चशील र असंलग्न नीति छ। सित्तैमा अनुदानै भएपनि लिनुहुन्छ कि हुँदैन अर्को प्रश्न छ। यस्तो भूराजनीति जोडिएको देशमा यो विषय सामान्य होइन। यो सामान्य हो भन्ने ढंगले बुझ्नु हुँदैन। 

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  २१:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष सोमबार, असोज १९, २०८३
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्