• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माओवादी केन्द्र विभाजनको संकेत : नारायणकाजीले सुरु गरे परामर्श 

64x64
वीरेन्द्र ओली मंगलबार, फागुन १७, २०७८  १८:०३
1140x725

काठमाडौं- नेकपा (माओवादी केन्द्र)मा विभाजनको संकेत देखिन थालेको छ। नेता नारायणकाजी श्रेष्ठले आफूनिकट नेताहरुसँग त्यस सन्दर्भमा परामर्श सुरु गरेका छन्। एमसीसीका सन्दर्भमा माओवादीले अन्तिम समयमा लिएको निर्णय र सोमबारको पत्रकार सम्मेलनमा प्रचण्डको अभिव्यक्तिले श्रेष्ठलाई असन्तुष्ट बनाएको छ।

एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएपछि सोमबार प्रचण्डले खुमलटारमा पत्रकार सम्मेलन आयोजना गरेका थिए। त्यहाँ दिएको एक अभिव्यक्तिलाई श्रेष्ठको समूहले पार्टी छाड्न आग्रह गरेको रुपमा अर्थ्याएको छ।

प्रचण्डले श्रेष्ठप्रति टिप्पणी गर्दै भनेका थिए, ‘एमसीसीको विरोध गरे भएभरका सबै कार्यकर्ता मतिर केन्द्रित हुन्छन् भन्ने ठान्नु भएको होला। जनता सबै मतिर ह्वार्रै आउँछन् भन्ने ठान्नु भएको होला। एमसीसीको विरोध गर्न बित्तिकै सबै जनता आउँने भए प्रेम सुवालले लगातार मुर्दावादका मुर्दावाद गरि रहनुभएको छ। नेपालभरका सबै उहाँतिर जानु पर्ने हो, तर त्यस्तो हुँदैन।’

महाकाली सन्धिमा एमालेले राष्ट्रघात गरेको भन्दै वामदेव गौतमले पार्टीबाट आधा केन्द्रीय सदस्य लगे पनि चुनावमा शून्य भएको विषयलाई प्रचण्डले स्मरण गराए। ‘तत्कालीन एमालेले महाकालीमा राष्ट्रघात गर्योल भनेर वामदेवजी पार्टी केन्द्रीय समितिको आधा लिएर जानुभयो। भोट आउने बेला जिरो भयो,’ प्रचण्डले भने, ‘त्यसैले एमसीसीमा कोही सेन्टिमेन्टमा आउँन जरुरी छैन। त्यसमा सबै स्पष्ट हुनु पर्छ।’

प्रचण्डले घुमाउरो भाषामा पार्टी छोड्न आग्रह गरेको भन्दै श्रेष्ठले तत्कालीन एकता केन्द्र मसाल पक्षका नेता कार्यकर्तालाई फोन गरेर सोध्न थालेको एक नेताले बताए।

Ncell 2
Ncell 2

‘नारायणकाजी कमरेडलाई प्रचण्डले घुमाउरो भाषामा पार्टी छोडे हुन्छ भन्ने अभिव्यक्ति दिएपछि उहाँले आफू निकट नेता तथा कार्यकर्तालाई फोन गरेर कता लाग्ने भन्दै सोध्न थाल्नु भएको छ’, ती नेताले भने, ‘यदि मैले मेरो नेतृत्वमा पार्टी निर्माण गरेमा लाग्नुहुन्छ त? भनेर सोध्नु थाल्नुभएको छ। पार्टी अध्यक्षले नै पार्टी छोड भनेपछि राजनीति गर्ने मान्छे त्यही पार्टीमा बसिरहने भन्ने हुँदैन। नयाँ पार्टी बनाएर जानुपर्छ।’

तर, श्रेष्ठ निकट केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज जीवन गौतमले आफ्ना कुरा आगामी केन्द्रीय समितिमा राखिने बताए। यदि आफूहरुले उठाएका माग सम्बोधन नभए नयाँ पार्टी निर्माणको अवस्था आउन सक्ने गौतमको भनाइ छ।

‘प्रचण्ड कमरेडले पत्रकार सम्मेलन मार्फत सार्वजनिक रुपमै पार्टी छोडेर जान भनिसक्नु भएको छ। पार्टी छोड्ने वा नछोड्ने सल्लाह गरेर निर्णय गर्छौ’, नेपाल लाइभसँग कुरा गर्दै गौतमले भने, ‘तर, हामीले हाम्रो कुरा केन्द्रीय समितिमा राख्छौं। त्यसपछि के निर्णय निर्णय गर्छौं।’

श्रेष्ठ निकट केन्द्रीय सदस्य २० भन्दा धेरै भएको दाबी गरिएको छ। श्रेष्ठ पार्टी विभाजनको अवस्थामा पुगेपछि मंगलबार अपराह्न प्रचण्ड उनलाई भेट्न उनको निवास हात्तिवन पुगेका छन्। पार्टी विभाजनबाट श्रेष्ठलाई रोक्न प्रचण्ड उनको निवास पुगेका हुन्।

एमसीसीलाई व्याख्यात्मक रुपमा पारित गर्ने निर्णयमा श्रेष्ठले सामाजिक सञ्जालमार्फत् असन्तुष्टि पोखेका थिए। एमसीसी पारित गर्ने निर्णय पार्टी महाधिवेशन विपरित भएको भन्दै त्यस दिनलाई कालो दिनको रुपमा मनाउनुपर्ने उल्लेख गरेका थिए।

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  १८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
राजीनामा दिएर घण्टीघर पुगे बालेन शाह मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । आइतबार, माघ ४, २०८२
निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् मन्त्रीहरूसहितको बैठक आइतबार दिउँसो चार बजे बालुवाटारमा मन्त्रीसहित आयोगका पदाधिकारीहरूसँग प्रधानमन्त्रीले छलफल गर्न लागेको उनका प्रेस सल्लाहकार राम रावलल... आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह पूर्वमहान्याधिवक्ता खम्मबहादुर खाती नेतृत्वको टोलीलाई निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोग पठाइएको देउवा समूहका नेता मीन व... आइतबार, माघ ४, २०८२
ताजा समाचारसबै
राजीनामा दिएर घण्टीघर पुगे बालेन शाह आइतबार, माघ ४, २०८२
निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् मन्त्रीहरूसहितको बैठक आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्