कैलाली- कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन्।
कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ।
सोमबार पौडी खेल्ने क्रममा ती युवक डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
बेपत्ता भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।