काठमाडौं– हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्यत्र सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम बदली तथा वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
आज (मंगलबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहने तथा अन्यत्र सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना सहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।