काठमाडौं– जबरजस्ती करणी (बलात्कार)को आरोप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँ पक्राउ परेका छन्।
प्रतिनिधि सभा सदस्य बानियाँलाई बाँके प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बानियाँ पक्राउ परेको पुष्टि गरे।
प्रतिनिधि सभा सदस्य बानियाँले आफूलाई नेपालगञ्जको होटलमा बलात्कार गरेको दाबी गर्दै जुम्लाकी एक शिक्षिकाले बाँके प्रहरीमा जाहेरी दिएकी थिइन्।
महिलाको जाहेरीपछि जिल्ला अदालत बाँकेले बानियाँविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।