तस्बिर : हिमालखबर।
काठमाडौं– इतिहासकार महेशराज पन्त राष्ट्रपतिका विज्ञ नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सोमबार विज्ञमा नियुक्त गरेकी हुन्। पन्तले इतिहास तथा पुरातत्व क्षेत्रका विषयमा सल्लाह र सुझाव दिनेगरि विज्ञ नियुक्त गरिएको हो।
यसैगरी, राष्ट्रपति भण्डारीले कृष्णप्रसाद ओलीलाई पनि विज्ञ नियुक्त गरेकी हुन्। ओलीलाई वातावरणका क्षेत्रमा सुझाव र सल्लाह दिनेगरि विज्ञ नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताएका छन्।
'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका -१५ निवासी डा. महेशराज पन्तलाई इतिहास तथा पुरातत्व क्षेत्र र काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका -४ निवासी डा. कृष्णप्रसाद ओलीलाई वातावरणका क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गर्नुभएको छ', राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।