काठमाडौं– झण्डै आठ लाख रूपैयाँ बराबरको अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको मौवावेल्ही–४, का ३६ वर्षीय एम.डि. सौकात अली रहेको विमानस्थल प्रहरीले जनाएको छ।
कतार एयरवेजको उडान नम्बर क्यूआर६४६ मार्फत कतारको दोहाबाट आइतबार काठमाडौं ओर्लिएका उनलाई अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ एरियामा सोधपुछ एवं खानतलासी गर्दा लुकाई छिपाई ल्याएको सुनको ब्रासलेट टुक्रा थान-२ बरामद भएको प्रहरीले जनाएको छ।
त्यसको कूल तौल ९४.९ ग्राम र अन्दाजी मूल्य ७ लाख ९८ हजार ९६३ रहेको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ।
अलीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज सोमबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।