काठमाडौं- नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको सडकमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ। सोमबार मध्याह्न संसद भवन अगाडीको मुख्य सडकमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो।
शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। बम निष्क्रिय पारेसँगै उक्त क्षेत्रको सडक आवागमन सुचारु गरिएको छ।
नेत्र विक्रम चन्द 'विप्लव' सहितका पाँच राजनीतिक दल र दुई मोर्चाले आज नेपाल बन्दको आयोजना गरेका थिए। आइतबार संसदले एमसीसी पारित गरेको विरोधमा उनीहरु आन्दोलित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।