काठमाडौं- शिवरात्रीको अवसरमा भोलि राजधानीका विभिन्न स्थानमा सवारी आवतजावतमा रोक लगाइएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपति क्षेत्र आसपासलाई लक्षित गरि सवारी व्यवस्थापन गरेको जनाएको छ।
महाशाखाका अनुसार सिनामंगल, परानो बानेश्वर, रातोपुल, कालोपुल, चावहिलबाट अगाडी सावरी प्रवेशमा रोक लगाइएको छ।
महाशाखाका अनुसार सिफल चौर, गुह्येश्वरी चौस, पशुपति विकास कोषको कार्यालय, भण्डारखाल र अमालकोट, तिलगंगा कोरिडोरमा पार्किङको व्यवस्थापन गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।