काठमाडौं– निर्धारित समयमा नै काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण हुने खानेपानीमन्त्री उमाकान्त चौधरीले बताएका छन्। यसअघि नै सरकारले यसै वर्षको चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने प्रतिबद्धता गरिसकेको छ।
नेपाल खानेपानी संस्थानको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिए। न्यूनतम महसुलमा सर्वसुलभ किसिमले उपभोक्ताले स्तरीय पानीको उपभोग गर्न पाउन् भन्ने चाहना सरकारको रहेको उनले स्पष्ट पारे।
संस्थानले आफ्नो सेवालाई मुलुकभर विस्तार गर्नुपर्ने बताउँदै उनले यसका लागि तत्काल सर्वेक्षण (सर्वे) कार्य सुरु गर्न व्यवस्थापनलाई निर्देशन दिए। सेवा विस्तारका लागि मन्त्रालय सहयोगका लागि प्रतिबद्ध रहेको उनले स्पष्ट पारे। अहिले खानेपानी संस्थानले मुलुकको २३ वटा मुख्य सहरमा सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।