काठमाडौं – बाँकेको बैजनाथ गाउँपालिकाबाट चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
बैजनाथ गाउँपालिका–५ बाट चितुवाको छालासहित स्थानीय यमबहादुर विश्वकर्मा तथा बर्दियाको मधुवन नगरपालिकाका आकाश परियार र लालबहादुर विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।
पैदल हिँडिरहेका उनीहरुलाई शंका लागी जाँच गर्दा चितुवाको छाला भेटिएको प्रहरीले जनाएको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेर थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।