फाइल तस्बिर
काठमाडौं– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सम्पन्न भएको छ। एरो थाईको जहाजले क्यालिब्रेशन उडान गरेको हो।
योसँगै उडानसँग सम्बन्धित सम्पूर्ण प्राविधिक कामसमेत सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बताए। परीक्षण उडानको प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)लाई पठाउने तयारी गरिएको उनले बताए। आइकाओले स्वीकृति दिएपछि व्यावसायिक उडान हुन्छ।
आगामी वैशाख १ गतेदेखि अन्तर्राष्ट्रिय परीक्षण उडान गर्ने र जेठ २ गते बुद्धपूर्णिमादेखि व्यावसायिक उडान सुरु गरिने प्राधिकरणले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।