काठमाडौं– हाल देशका पहाडी भू(भागमा आंशिक बदली रही अन्यत्र सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम बदली तथा वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
आज (सोमबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहने तथा अन्यत्र सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बाँकी भू–भागहरुमा आंशिक बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भू–भागहरुका एक दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति पहाडी भू–भागमा आंशिक बदली रही अन्यत्र मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।