काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटको देवाह गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेललाई रंगेहात घुससहित पक्राउ गरेको छ।
अख्तियारको टोलीले मेयर पटेललाई २ लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो। आयोगको केन्द्रीय कार्यालयबाट गएको टोलीले नगरपालिकाकै वडा नम्बर १ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिँदै गर्दा उनलाई पक्राउ गरेको हो।
मेयर पटेल, उनका स्वकीय सचिवलगायत चारजना पक्राउ परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।