काठमाडौं- प्रतिनिधि सभामा एमसीसीसँगको सम्झौतामाथि सैद्धान्तिक छलफल जारी छ। दिउँसो ३ बजेदेखि सुरु भएको प्रतिनिधि सभाको बैठकमा सांसद्हरुले भाग लिइरहेका छन्।
प्रतिनिधि सभाको बैठकबाट आजै एमसीसी पारित गर्ने तयारी छ। त्यसका लागि दलहरुले एमसीसीसँगै व्याख्यात्मक घोषणा पनि पारित गर्ने सत्ता गठबन्धनका दलहरुबीच सहमति भइसकेको छ। ११ बुँदे व्याख्यात्मक घोषणामा दलहरुबीच सहमति भइसकेको छ।
प्रतिनिधि सभाको जारी बैठक सकिनासाथ मन्त्रिपरिषद्को बैठक बसेर व्याख्यात्मक घोषणालाई पारित गर्ने तयारी छ। आजै बस्ने अर्को मन्त्रिपरिषद् बैठकमा सो घोषणा पनि पेस हुनेछ। र, पारित गर्ने प्रक्रियामा अघि बढ्नेछ।
एक मन्त्रीका अनुसार, एमसीसीसँग पारित गरिने व्याख्यात्मक घोषणा पारित गर्नका लागि मन्त्रिपरिषद्को बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको कार्यव्यवस्था समितिको हलमा बस्ने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।