काठमाडौं– बझाङको जयपृथ्वी नगरपालिका–७ का मीनबहादुर भण्डारीको हत्यामा संलग्न रहेका भनिएकाहरू १६ वर्षपछि पक्राउ परेका छन्।
भण्डारीको हत्यामा दोषी ठहर भएका सोही ठाउँका वीरेन्द्र राना र रामदेवी रानालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १६ वर्षपछि पक्राउ गरेको हो।
उनीहरुलाई कञ्चनपुरको गड्डाचौकीस्थित नेपाल–सीमा नजिकबाट शनिबार पक्राउ गरिएको सीआईबीका प्रवक्ता कमल थापाले जानकारी दिए।
२०६२ असोज २३ गते दिउँसो ४ बजे भण्डारीलाई उनकै घरमा हत्या गरिएको थियो। बन्चरो, हँसिया, कुटो प्रयोग गरी भण्डारीको हत्या गरिएको थियो।
उक्त हत्या घटनामा बझाङ जिल्ला अदालतले २०६६ चैत २२ गते वीरेन्द्रलाई २० वर्ष र रामदेवीलाई ३ वर्ष कैद सजाय तोकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।