काठमाडौं– प्रतिनिधि सभाको आइतबारको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे सैद्धान्तिक छलफल चलिरहेको छ।
यसमा सांसदहरूले भाग लिएर आफ्ना धारणा राखिरहेका छन्। एमाले सांसदहरूले भने वेल घेराउ गरिरहेका छन्। एमालेले विरोधमा वेल घेराउ गरिरहे पनि एमाले सांसद भीम रावलले भने छलफलमा भाग लिए।
सांसदमा एमालेको अवरोध छेकिरहेकी एक मर्यादापालक भने बेहोस् भएकी छन्। उनी उभिएकै ठाउँमा बेहोस् भएर ढलेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।