काठमाडौं– नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सकिएको छ। नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले आफ्ना कुरा राखेका छन्।
एमसीसीको विपक्षमा रहेका सांसदहरुले व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्ने विषयमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग स्पष्टिकरण मागेका थिए।
उनीहरुले उक्त प्रश्न सोधेपछि दाहालले आश्वस्त हुन आग्रह गरेका थिए। दाहालले एमसीसीको व्याख्यात्मक घोषणासम्म कसरी पुगियो भनी सांसदहरुलाई ब्रिफिङ समेत गरेका थिए।
दाहालले अहिले गठबन्धन ,एमसीसी र सरकार जोगाउनका लागि आवश्यक कदम चालेकाले पक्षमा उभिन सबै सांसदहरुलाई आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।