काठमाडौं– नक्सालस्थित एनआईसी एसिया बैंकको एटीएम बुथ फुटाउँदाफुटाउँदै एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–७ घर भएका २१ वर्षीय आकाश तामाङ छन्। उनलाई महानगरीय प्रहरी वृत्त मालिगाउँले पक्राउ गरेको हो।
गएराति १ बजेतिर नक्सालस्थित सगरमाथा इन्स्योरेन्स भवनको भुँई तलामा रहेको एनआईसी एसिया बैंकको एटीएम उनले फुटाउँदै थिए। एटीएम बुथ फुटाउन थालेपछि बैंकको सुरक्षा प्रणालीमा साइरन बजेपछि तत्कालै प्रहरी कन्ट्रोलमा खबर गरिएको थियो।
त्यसपछि उनी पक्राउ परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।