मन्त्रिपरिषद् बैठक, फाइल तस्बिर
काठमाडौं– एमसीसी सम्झौता अनुमोदनका लागि सत्तारुढ गठबन्धनमा जुटेको सहमतिअनुसार तयार भएको व्याख्यात्मक घोषणा अनुमोदनका लागि आज (आइतबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
दिउँसो १ बजेदेखि सुरु हुने प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल हुने छ। सैद्धान्तिक छलफल सकिएर निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको दोस्रो बैठक बस्ने छ।
प्रतिनिधि सभाको दोस्रो बैठक बस्नु अगाडि मन्त्रिपरिषद् बैठक बस्ने र एमसीसी सम्झौताको व्याख्यात्मक घोषणा अनुमोदन हुने सरकारका एक मन्त्रीले जानकारी दिए।
मन्त्रिपरिषद्बाट अनुमोदन भएपछि उक्त व्याख्यात्मक घोषणा प्रतिनिधि सभा बैठकमा पेस हुने छ।
फागुन ८ गते (आइतबार)को प्रतिनिधि सभाका टेवल भएको एमसीसीमा आइतबार राजनीतिक दलका सांसदहरुले आफ्नो धारणा राख्दै छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।