काठमाडौं– प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्ता गठबन्धको बैठक सकिएको छ। बैठक केहीबेर मात्र बसेर निस्किएको हो।
'व्याख्यात्मक घोषणा'सहित एमसीसी मस्झौता पारित गर्न सत्ता गठबन्धन आवद्ध दलहरू सहमत भएपछि मस्यौदालाई अनुमोदन गर्न बालुवाटारमा बैठक बसेको थियो।
बैठक सकिएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बालुवाटारबाट बाहिरिएका छन्। कांग्रेसका नेताहरू भने बालुवाटारमै छन्।
आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।