काठमाडौं– सत्ता गठबन्धनको बैठक सुरु भएको छ। बिहान १० बजे बस्ने भनेको बैठक नेताहरु आन्तरिक छलफलमा जुटेकाले केही ढिलो गरी सुरु भएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा गठबन्धन सबै दलका शीर्ष नेता सहभागी छन्।
एमसीसीबारे छलफल गर्नका लागि सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक बसेको हो।
आजको बैठकमा एमसीसीबारे निर्णय गर्ने बताइएको छ। एमसीसी परियोजना संसद्बाट अनुमोदन गराउने विषयमा सत्ता गठबन्धनमा सहमति जुट्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।