काठमाडौं– कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। ‘कानुनी शासन र संवैधानिक सर्वोच्चता, व्यावसायिक र मर्यादित बार हाम्रो प्रतिवद्धता’ नाराका साथ १५औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन सुरु हुन लागेको हो।
दिउँसो प्रज्ञा भवन कमलादीमा सुरु हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम छ। मंगलबारसम्म चल्ने सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्नेछ।
यसअघि पोखरामा तय भएको राष्ट्रिय सम्मेलन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विरुद्धको आन्दोलनका कारण स्थगित भएको थियो। सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।