काठमाडौं– बागमती प्रदेशसभाको बैठक अनिश्चित कालका लागि स्थगन भएको छ। फागुन १६ गते सोमबारका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो।
प्रदेशसभा सचिवालयले आइतबारसूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको छ। यस्तै आइतबारै दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
फागुन ४ गते सम्पन्न सर्वदलीय बैठकपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारका लागि बैठक आह्वान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।