सिन्धुपाल्चोक– काठमाडौंबाट सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका, सिपाबडहरे जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ।
शनिबार हेलम्बु यातायातको बा २ ख ६५८८ नम्बरको बस इन्द्रावती गाँउपालिका–११, इन्द्रावती बगरमा दुर्घटना भएको हो।
दुर्घटनामा परी १२ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी दक्षकुमार बस्नेतले नेपाल लाइभलाई जानकारी दिए।
यात्रुवाहक बस घुम्ति बाटोमा बालुवामा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बस्नेतले बताए।
घाइतेमध्ये ३ जनालाई धुलिखेल अस्पताल रिफर गरिएको र अन्यको बोडगाउँ मेडिकल सेन्टर, इन्द्रावती–११ मा उपचार भइरहेको स्थानिय शिक्षक प्रताव तामाङले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।