काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्तारुढ गठबन्धन नटुट्ने दाबी गरेका छन्।
शनिबार गठबन्धनको घटक नेकपा एकीकृत समाजवादीका नेताहरुसँग सिंहदरबारमा भएको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै प्रचण्डले एमसीसी सम्झौता संसद्बाट पारित गर्ने सन्दर्भमा देखिएको 'समस्या' समाधान गर्नेगरी छलफल भइरहेको पनि जानकारी दिए।
एमसीसीबारे सहमतीकै बाटोबाट अघि बढिने पनि प्रचण्डको भनाइ छ। ‘हामी छलफल गरिराखेका छौं। समस्याको समाधान हुन्छ। गठबन्धन टुट्दैन। सहमतीको बाटोबाटै अघि बढिन्छ,' प्रचण्डले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।