अमरगढी– डडेलधुरा सदरमुकाम (अमरगढी) नजिक टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार शनिबार अपराह्न अमरगढी नगरपालिका–५ बगरबाटास्थित सुकेधारामा सुदूरपश्चिम प्रदेश–००१–क १८७९ नम्बरको टिप्पर सडकबाट खसेको थियो।
दुर्घटनामा परेर टिपरका चालक डडेलधुराको अजयमेरु गाउँपालिका–२ बस्ने दिपक ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सुचना अधिकारी राजेन्द्र चन्दले जानकारी दिए।
उनका अनुसार घाइते हुनेमा असिम चौधरी छन्। उनको ठेगाना खुलेको छैन। घाइते चौधरीको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।