काठमाडौं- विभिन्न कामका लागि ल्याइएका महँगा गाडी सरकारी कार्यालयका पार्किङमा थुप्रिएका छन्। नयाँ खरिद गर्दा आउने कमिसनमा लाग्दा मर्मत गरेर चलाउन सकिने अवस्थाका गाडी थन्किएका हुन्।
सरकारी कार्यालयका परिसरमा वर्षौंदेखि यस्सता वारी साधन थन्किँदा कार्यालय थोत्रा गाडिका ग्यारेजजस्तै बनेका छन्।
केही बर्षअघिसम्म सिंहदरवार परिसरमा बग्रेल्तै देखिने केही पुराना गाडी हटाइए पनि सिंहदरवार बाहिरका सरकारी कार्यालयमा पुराना गाडी अझैं देखिन्छन्। पार्किङ र खुला ठाँउमा राखिएका यस्ता गाडी झारपातले ढाकिएका छन्।
कार्यालय परिसरको कुनामा थुप्रिएका धुलाम्मे साइकल, मोटरसाइकल र जीप कारले परैबाट जिस्काइरहेका जस्तो देखिन्छ। बिग्रनासाथ थोरै रकममा बन्ने अवस्थाका यस्ता सवारीहरु वर्षौंदेखि थन्काइएका कारण काम नलाग्ने अवस्थामा पुगेका छन् ।
न्युज एजेन्सी नेपालका फोटोपत्रकारहरुले राजधानीको पुल्चोकस्थित सरकारी विभाग, कार्यालयहरु, बानेश्वरस्थित यातयात विभाग परिसर, सडक विभाग र सिंहदरवार परिसरमा थन्किएका गाडिको तस्बिर खिचेका छन्।
तस्बिरहरु:











नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।