काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरु अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौताबारे छलफलमा जुटेका छन्।
अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफलमा जुटेका हुन्।
अध्यक्ष नेपालले शुक्रबार बिहान धनगढीबाट काठमाडौं आएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए। एमसीसी अनुमोदनको विषयमा बढेको मतान्तरले सत्तारुढ गठबन्धन भत्कने दिशामा अघि बढेपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष एमालेसँग सहकार्यको पहल अघि बढाएका छन्। गठबन्धनका घटकहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले भने एमसीसी सम्झौताको विपक्षमा उभिने बताउँदै आएका छन्।
गठबन्धन भत्किन नदिन माओवादी र एकीकृत समाजवादी आफ्नो निर्णयमा पुनर्विचार गर्न अग्रसर भएको चर्चा भइरहेका बेला नेपालले पार्टीका नेताहरु झलनाथ खनाल, गंगालाल तुलाधर, विरोध खतिवडालगायतलाई बोलाएर छलफल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।