काठमाडौं– नेकपा एमालेले आउँदो स्थानीय तह निर्वाचनका लागि आज दल दर्ता गराउँदै छ।
यसका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा एमालेको प्रतिनिधि मण्डल केहीबेरपछि कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय जाने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन्।
स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा बिहीबारसम्म २९ वटा दल दर्ता भएका छन्।
आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि फागुन ५ सूचना निकालेर फागुन १६ गनेभित्र दर्ता गरिसक्न आह्वान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।