काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। उक्त प्रणालीका कारण अहिले देशको सुदुरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज (शुक्रबार) दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ को उच्च पहाडी र हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत रहेको छ। देशको उच्च पहाडी र हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
आज राति पनि सुदूर पश्चिम लगायत कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश १ उच्च पहाडी र हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहनेछ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।