काठमाडौं– मालपोत कार्यालय, चावहिल, काठमाडौंका खरिदारसहित ३ जनालाई १ लाख ३५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
मालपोत कार्यालयका खरिदार लक्ष्मण बस्नेतसहित होटल व्यवसायी मिना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको हो।
मालपोत कार्यालय चावहिलका खरिदार बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामको लागि सेवाग्राहीसँग १ लाख ३५ हजार रुपैयाँ घुस मागेको सूचनापछि अख्तियारको टंगालस्थित कार्यालयबाट टोली खटिएको थियो।
अख्तियारको टोलीले खरिदार बस्नेतसहितलाई काठमाडौंको चावहिलस्थित मुस्ताङ हाम्रो थकाली भान्छाघरबाट १ लाख ३५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।