काठमाडौं– नेपालमा एमसीसी सम्झौतालाई संसद्बाट पारित गर्ने बारेमा बिवाद चलिरहेको समयमा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भिडियो संवाद गरेको छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को विदेश विभागले नेपालका दुई नेता ओली र नेपालसँग कुराकानी भएको जनाएको छ।
सीपीसीको विदेश विभाग प्रमुख सोङ्ग ताओले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। एमाले अध्यक्ष ओलीसँग ताओले बुधबार भिडियो कलमार्फत् वार्ता गरेका हुन्।
त्यस्तै चिनियाँ उपमन्त्री चेन झाओले वुधबार नै नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए ।
नेपाली नेताहरुसँग दुई देशको सम्बन्ध र पार्टीको सम्बन्धलाई लिएर कुराकानी भएको सीपीसीको विदेश विभागले जनाएको।
एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग कुराकानी गरेका चेनले चीनले सधैं नेपालीहरुलाई स्वतन्त्र रुपमा नै विकासको मार्ग छान्नमा साथ र सहयोग गर्ने बताए। उनले एकीकृत समाजवादी पार्टीसँग मिलेर बीआरआई अन्तर्गतका विभिन्न क्षेत्रहरुमा विकासका लागि कार्यान्वयनमा छलफल गर्ने र स्वस्थ तथा स्थायी सम्बन्ध निर्माणका लागि सहयोग गर्ने बताए।
माधव नेपालले पनि नेपाली नागरिकले चीनको ‘वान चाइना प्रिन्सिपल’लाई साथ दिने र नेपालमा कुनै पनि चिन विरोधी किक्राकपाप हुन नदिने बताए।
उनले सीपीसीसँगको सहकार्य थप विस्तार गरेर नेपाल र चीनको मित्रतामा योगदान दिनमा इच्छुक रहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।