काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीच भेटवार्ता सकिए लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ओलीसँगको भेटका लागि पुगेका छन्।
नयाँ बानेश्वरस्थित संसद भवनमा रहेको ओलीको कार्यकक्षमा बिहीबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुगेका हुन्।
भेटमा नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका अरु नेताहरु समेत सहभागी छन्।
अहिले दुई नेताबीच भेटवार्ता भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ। सोही कार्यकक्षमा यसअघि प्रधानमन्त्री देउवासहितका नेपाली कांग्रेसका नेताहरुसँग एमाले नेताहरुको भेटवार्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।